Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

पेट्रोलको बिक्री ठप्प हुँदा मजदुरलाई सास्ती 

पेट्रोलको बिक्री ठप्प हुँदा मजदुरलाई सास्ती 

  • ललितपुर । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै पेट्रोलियम व्यावसायीले पेट्रोलियम पदार्थको बिक्री देशभर ठप्प बनाउँदा उपभोक्तालाई सास्ती भएको छ । निगमले कमिशन कटौती गरेको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले देशभर पेट्रोलियम पदार्थको बिक्री ठप्प बनाएका हुन् । 

    images
    images
    images

    यसरी आफ्नो मागको लागि बिक्री ठप्प बनाउँदा उपभोक्तालाई भने सास्ती भएको छ । यता सार्वजनिक सवारी साधनको भाडादरसमेत बढ्न थालेपछि सर्वसाधारण झनै मारमा परेका हुन् । 

    देशभर पेट्रोलियम पदार्थको बिक्रीमा ठप्प हुँदा उपभोक्तालाई सास्ती भएको भएपनि प्रशासनले भने यसबारे चासो नदेखाएकोमा अखिल नेपाल पेट्रोलियम मजदुर संघ ललितपुर अध्यक्ष सरोज महर्जनले गुनासो व्यक्त गरेका छन् । 

    व्यावसायीहरूले पेट्रोलको बिक्री ठप्प बनाउँदा भएको पेट्रोल बेच्नको लागि मजदुरले पनि रातभर लाइनमा राखेर बेच्नुपर्ने हुँदा मजदुर र उपभोक्ता दुवैलाई सास्ती भएको उनको गुनासो छ । 

    अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने कानुनी व्यवस्थाको धज्जी उडाउँदै व्यवसायीहरू जनतालाई प्रत्यक्ष मार पर्ने अत्यावश्यक वस्तुको सेवा अवरोधमा लागे पनि सरकार मौन बसेको छ । १८ जेठ, २०७८ जेठमा सरकारले आवश्यक सेवा सञ्चालन ऐन–२०१४ को दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवामा हडकताल गर्न नपाइने भन्दै राजपत्रमा आदेश जारी गरेको थियो । सो आदेशमा एलपी ग्याससहित पेट्रोलियम पदार्थको पैठारी, ढुवानी र भण्डारणसमेतमा हड्ताल गर्न नपाइने उल्लेख छ ।

    निगमले पेट्रोलियम बिक्रेतालाई प्रतिशतको आधारमा दिँदै आएको कमिशन २०७८ फागुन १९ गतेबाट बन्द गरेको थियो । चैत ५ गतेदेखि संयुक्त रुपमा आन्दोलन गर्दै आएका उनीहरुले कमिशन कटौतीको निर्णय नसच्याए चैत २० गतेदेखि देशभर ग्याँस र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनीसमेत दिएका थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij