
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमडौँ । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आज शुक्रबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेको छ ।
निगमले आफ्नो घाटा कम गर्न पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाउने निर्णय गरेपछि व्यवसायीले पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेको हो ।
सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij