Jun 28 2026 | २०८३, असार १४ गते
ललितपुर । यातायात व्यवस्था कार्यालय ललितपुरबाट सेवाग्राहीलाई अलमल बनाउनेहरु पक्राउमा परेका छन् । कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृतरुपमा सेवाग्राहीहरुलाई अनावश्यक रुपमा झन्झटमा पारेको अभियोगमा १६ जना पक्राउ परेका हुन् ।
कार्यालयबाट प्राप्त गर्ने सेवाहरु प्राप्त गर्न वन्चित गराएको भन्दै सर्वसाधारण मानिसहरुबाट जन गुनासो प्राप्त भएको पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुका इनिमाया राई, निमा लामा, कुसुम दनुवार राई, अर्जुन विश्वकर्मा, अरुण मगर, शंकर कार्की, कृष्ण श्रेष्ठ, राजिब पाख्रीन, गोविन्द पाण्डे, उमेश लामा, दिलीप खड्का, कुमार दनुवार राई, प्रभाकर आले मगर, दिपक घोरासनी र दिपेन्द्र खड्का रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij