
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । कोरोना महामारीका बेलामा राहत सामग्री वितरणमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तराईका दुई स्थानीय तहबाट कागजात नियन्त्रणमा लिएको छ ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिकाका केही कागजात नियन्त्रणमा लिएको हो।
कोरोनाकालमा खाद्यान्नसहित अन्य राहत सामग्रीहरूको नक्कली बिल बनाएको भेटिएपछि छापा मारिएको अख्तियार श्रोतले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij