
Apr 12 2025 | २०८१, चैत ३० गते
सुसी थिङ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा पर्व (होली) लाई व्यवस्थित र सुरक्षित बनाउन व्यवस्थापन कडा गरिएको छ । होली पर्व मनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयारगरि आफ्नो जनशक्ति परिचालन गरेका छन् ।
यसैबीच, कलाकारहरूले कसरी होली मनाईरहेका छन् भन्ने सन्दर्भमा अनलाइन पत्रिकाकर्मीले गरेको छोटो कुराकानी ।
लक्ष्मी गिरी
होलीको अवसरमा बिहानै भगवानको दर्शन गर्न मन्दिर गएँ । अहिले आफ्नो परिवारसँग होली मनाइरहेको छु ।
भुवन केसी
म होलीको कार्यक्रमका लागि बिराटनगर आएको छु । राम्रोसँग नै होली मनाई रहेको छु । होली खेल्ने बेला एकअर्कालार्इ सोधेर मात्रै खेल्नुपर्छ । कसैलाई असर पर्नेगरि खेल्नु हुन्न ।
बुद्ध तामाङ
होली विशेष नै भन्ने छैन । भीडभाडमा नखेलौ । चाडलाई उत्सवको रूपमा मानौं । प्रहरीले जुन कदम होलीको लागि गरेको छ । यसलाई सकारात्मक रूपमा लिएको छु ।
दिपाश्री निरौला
परिवारसँग होली खेलेर रमाइलो गर्दैछु । होली कार्यक्रमको लागि विराटनगर जाँदैछु ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij