Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नेप्से एक सय एक अंकले बढ्दा २ हजार ६ सय ६७ मा

नेप्से एक सय एक अंकले बढ्दा २ हजार ६ सय ६७ मा

  • ललितपुर/  साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०१.०७ अंकले बढेर नेप्से २६६७.९७ बिन्दुमा पुगेको छ । साताको अन्तिम कारोबार दिन नेप्से ५२ दशमलव २१ अङ्कले बढेर बन्द भएको नेप्से आइतबार प्रिओपनिङ सेसनमा करिब साढे ८ अंक बढेको थियो । अघिल्ला आठ दिनदेखि निरन्तर घटिरहेको नेप्से गत विहिबार ५२ अंकले बढेर बन्द भएको छ । 

    बैंकले चैत्र महिनाको लागि ब्याजदर नबढाउने खवरको अवसर शेयर बजारमा परेको धेरैको बुझाई छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेर ४ अर्ब ८७ करोडमाथि पुगेको छ । 

    आज कारोबार भएका मध्य अधिकांश कम्पनीहरूको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । साथै ३ कम्पनीको शेयर सर्किट लेवलमा कारोबार भएको छ । आज बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको थियो । आज नेप्सेका अधिकांश उपसूचक हरियाली भएका छन । 

    शिवम् सिमेन्टको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री हुँदा २२८ कम्पनीको शेयर कारोबार भएको छ । जीवन बीमा उपसूचक एक हजार अङ्कले बढ्दा विकास बैंकमा पनि लगानीकर्ता तानिएको देखिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij