
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालको संघीय परिषद्को बैठक आज शनिबार काठमाडौँमा बस्ने भएको छ ।
आज दिउँसो थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा बस्ने तय गरिएको सो बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ ।
संघीय परिषद् बैठकपछि फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्नेछ । सो बैठकमा संघीय परिषद्ले पारित गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुनुका साथै स्थानीय निर्वाचन, विधान सम्मेलनलगायत विभिन्न समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij