
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले धितोपत्र बोर्डमार्फत हकप्रद सेयर निष्काशनको स्वीकृत पाएको छ । कम्पनीले बिहीबार बोर्डमार्फत १० बराबर ३.९३२६९२६ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो ।
योसँगै कम्पनीले कुल १ करोड ८ लाख ६० हजार कित्ता सेयर जारी गर्न पाउने भएको छ । हकप्रद सेयर निष्काशनका लागि कम्पनी बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त समेत समेत गरिसकेको छ ।
कम्पनीले गत असोज २५ गते हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि बोर्डमा निवेदन दिएको थियो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ३९ लाख रुपैयाँ पुग्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij