
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको उद्घाटन गरेका थिए । उनले पूँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री र आफू चिन्तित रहेको पनि बताएका छन् ।
प्रधानमन्त्री देउवासँग समन्वय गरी अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निरन्तर संवाद अघि बढाएको पनि उनले जानकारी गराए ।
पुँजीगत खर्च गर्ने परम्परागत शैलीका कारण लक्ष्यअनुसार उपलब्धि हाँसिल नभएको उनको भनाई छ । अर्थमन्त्री शर्माले २४ फागुनसम्म १९.१५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै सबै विकास मन्त्रालयलाई खर्च बढाउन दबाब दिइएको बताए । अर्थमन्त्री शर्माले बाहिर हल्ला गरे जस्तो अर्थतन्त्र निराशजनक अवस्थामा नरहेको समेत बताए । अर्थतन्त्र सरकारको नियन्त्रणमै रहेको र चाँडै समस्या समाधान हुने उल्लेख गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij