Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

साताको अन्तिम कारोबार दिन ५२ अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन ५२ अंकले बढ्यो नेप्से

  • काठमाडौ/ साताको अन्तिम कारोबार दिन नेप्से ५२ दशमलव २१ अङ्कले बढेर बन्द भएको छ । यस दिन नेप्से २ दशमलब ०८ प्रतिशतले बढ्दा नेप्से २ हजार पाँच सय ६६ दशमलव ७९ विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आज दुई सय २६ वटा कम्पनीका ५६ लाख १० हजार कित्ता शेयर दुई अर्ब ७९ करोड १८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    images

    पछिल्लो हप्ता लगातार ओरालो लागिरहेको शेयर बजार आज बिहीवार भने बढेको बन्द भयो ।  आज इमर्जिङ नेपाल हाइड्रोको शेयर १० प्रतिशतले तथा कर्णाली विकास बैंक, नेपाल हाइड्रो र प्रोग्रेसिभ फाइनान्सको शेयर साढे आठ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्र बजार बढे पनि माउन्टेन इनर्जी नेपालको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । 

    यस दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.०६ प्रतिशत बढेको छ।

    त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक ४.७९ प्रतिशत, जलविद्युत उपसमूहको परिसूचक ४.१२ प्रतिशत र लगानी उपसमूहको ४.२ प्रतिशत बढेको छ। यस दिन व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक भने ०.०४ प्रतिशत घटेको छ।

    images

    कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकम, एनआईसी एशिया र अरुण भ्याली हाइड्रोपावरको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij