
Apr 23 2025 | २०८२, वैशाख १० गते
ललितपुर/ सुनको मुल्य एकैदिन ३ हजार ५०० रुपैयाँले घटेको छ । बुधबार नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य बिहीबार उच्च दरले घटेको हो। बुधबार २ हजार ५०० रुपैयाँले बढेको सुन बिहीबार नै ३ हजार ५०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघको तथ्याँक अनुसार बिहिबार छापावाला सुन प्रतितोला १ लाख २ हजार र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
रुस र युक्रेनको युद्धको कारण पछिल्लो समय सुनको मुल्यमा दैनिक रुपमा ठूलो उतारचढाव देखिएको छ। अन्तराष्ट्रिय बजारमा पनि तेल र सुन दुबैको भाउ घटेको छ जसले गर्दा नेपालमा पनि सुनको भाउ घटेको हो।
यसैगरी, चाँदी पनि बिहीबार एकैदिन तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij