
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्तको आइपीओ आज मंगलबार बाँडफाँट भएको छ । आइपीओमा गोलाप्रथामार्फत ७७ हजार ४५६ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् ।
जसमध्ये ७७ हजार ४५३ जनालाई १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कुल २५ लाख २७ हजार १०१ जना लगानीकर्ताले आवेदन दिएकामा २५ लाख २२ हजार ९५५ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो ।
नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो ।
यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिएका हुन् ।
रिजल्ट हेर्नको लागि लिङ्कः
https://meroshare.cdsc.com.np/#/login
https://www.globalimecapital.com/menu/ipo-fpo-share-allotment-check
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij