Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

सहकारीको पनि एटीएम कार्ड

सहकारीको पनि एटीएम कार्ड

  • काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै जारी गर्दै आएको एटीएम कार्ड अब सहकारी संस्थाहरुले पनि जारी गर्न पाउने भएका छन् । आइतबार स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकबीच भएको सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो । 
     
    यो सम्झौता पत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृतरत्न राज बज्राचार्यले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अबदेखि सम्पूर्ण सहकारीहरूले राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कुप कार्ड जारी गर्न सक्नेछन् । 

    onlinepatrika
    Arghakhachi

    सहकारीहरुले आफ्नो सदस्यलाई कुप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटीएममार्फत रकम निकाल्न सक्नेछन् भने पीओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन् । कुप कार्ड ग्लोबल आईएई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीले जारी गर्नेछन् ।

    AGNI GROUP

    सम्झौतापछि समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ कारोबारका लागि बैंक गइरहनुपर्ने बाध्यता  हट्ने विश्वास लिइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij