Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

ललितपुर महानगरपालिका १६ वडाको  ‘उद्यमी महिला मेला २०७८’

महिला उद्यमी मेलाको उमंग

महिला उद्यमी मेलाको उमंग

  • ललितपुर । ललितपुर महानगरपालिका १६ वडाले  ‘उद्यमी महिला मेला २०७८’ आयोजना गर्ने भएको छ । ‘महिला सशक्तिकरणाको आधार, उद्यमशीलता र रोजगार’ भन्ने नारासहित फागुन २७ गते शुक्रबारदेखि सुरु हुने मेलामा महिला उद्यमीद्वारा उत्पादित वस्तुको आवश्यक प्रचारप्रसार गर्दै महिला उद्यमशीलता विकासमा टेवा पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।

    onlinepatrika
    Arghakhachi

    फागुन २९ गते आइतबारसम्म चल्ने मेलामा ललितपुर उद्योग वाणिज्य संघद्वारा मेड इन ललितपुर अवधारणा अनुरुप विशेष पेभीलोन प्रदर्शन हुने अध्यक्ष शाक्यले जानकारी दिनुभयो । महिलाद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी र बिक्री वितरण हुने उक्त मेलामा ललितपुरमा उत्पादित सामग्रीको प्रदर्शनको साथमा साँस्कृतिक प्रस्तुती, फेशन शो, नेवारी खाजा र परिकारका साथ साथै महिला उद्यमशीलताका विषयमा प्यानल छलफलसमेत हुने अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij