
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । आज साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ६३ दशमलव ९८ अंकले ओरालो लागेको छ । यस गिरावटपछि सूचक २५४६.६० विन्दुमा अडिएको छ ।
३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन २२८ कम्पनीको ७६ लाख ५२ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् ।
१६ करोड १८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र अरुण भ्याली हाइड्रोपावर परेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij