
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुने तयारी रहेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार (फागुन १९ गते) आइपीओ बाँडफाँट गर्ने तयारी रहेको छ ।
यद्यपि, अझै केही काम बाँकी रहेको र धितोपत्र बोर्डमा रिपोर्ट नपठाएकाले अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ । आइपीओमा मागभन्दा ३९.०२ गुणा बढी आवेदन परेको छ । जसमा ७७ हजार ४५६ जनाले मात्र सेयर हात पार्नेछन् ।
बाँकी २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली हुनेछ । यसमा कुल २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । कुल ३ अर्ब २ करोड २४ लाख २५ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।
नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिएका हुन् । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij