Jun 29 2026 | २०८३, असार १५ गते
काठमाडाैँ । नेपाल दूरसंचार प्राधिकरणमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । गत पुस २ गते व्यवस्थापनसमक्ष विभिन्न माग राखे पनि हालसम्म सम्बोधन नभएपछि आन्दोलित हुनु परेको कर्मचारीको भनाइ छ ।
प्राधिकरणको आधिकारिक ट्रेड युनियन नेपाल दूरसंचार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको अगुवाइमा कर्मचारीहरू आन्दोलित भएका हुन् ।
प्राधिकरणको सुदृढीकरण हुनुपर्ने, तत्काल जग्गा खरिद गरी आफ्नो भवन निर्माण प्रक्रिया अघि बढाउनु पर्ने, कटौती गरिएको कर्मचारी सेवा सुविधा निरन्तर हुनुपर्ने, दूरसंचार नियमावलीमा भएका व्यवस्था कार्यान्वयन गर्नुपर्ने लगायतका माग कर्मचारीका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने युनियनको भनाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij