Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नेप्सेमा पहिरो जारी, लगानीकर्ताको मन भारी

नेप्सेमा पहिरो जारी, लगानीकर्ताको मन भारी

  • काठमाडौं/ साताको दोस्रो दिन सोमबार पनि सेयर बजारको ओरालो यात्रा जारी रहेको छ। सोमबार बजार झण्डै अर्थसतकले घटेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेको छ । नेप्से १.६२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.६४ अंकले घटेर ५००.२१ विन्दुमा झरेको छ । 

    images
    images
    images

    आज कूल २२७ वटा कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।आज कारोबारमा आएका १९८ स्टकको मूल्य ओरालो लागेको छ। यस दिन नेप्से ओरालो लागेपनि कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब २७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२७ स्टकको ५४ हजार १२१ पटकको कारोबारमा ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij