Jun 29 2026 | २०८३, असार १५ गते
ललितपुर/ साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत साताको बिहीबार ५८.९९ अंक घटेर २६६१.४४ विन्दुमा बन्द भएको थियो । आइतबार नेप्से प्रि ओपन सेसनमा १.०५ अंक घटेर २६६०.३९ विन्दुमा झरेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स १।०१ अंक झरेको छ।
आइतबार प्रि ओपन सेसनमा २६ कम्पनीको ८८ लाख २२ हजार ३८९ रुपैयाँ ९० पैसा बराबरको १६ हजार ३१९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ११ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij