Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

नेप्से परिसूचक गत साताको तुलनामा ह्वात्तै तल

नेप्से परिसूचक गत साताको तुलनामा ह्वात्तै तल

  • काठमाडौं । यो साता नेपाल स्टक एक्स्चञ्ज (नेप्से) परिसूचक गत साताको तुलनामा ७१ दशमलब ०७ अंक तल झरेको छ । गत साता २ हजार ७३२ दशमलब ५१ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ६६१ दशमलब ४४ विन्दुमा झरेको हो । साताको पाँच कारोबार दिनमा नेप्से परिसूचक तीन दिन बढेको छ भने दुई दिन घटेको छ । 

    onlinepatrika
    Arghakhachi

    साताको पहिलो दिन ३९ दशमलव ४० अंकले घटेको नेप्से दोस्रो दिन २५ दशमलव ४१ अंक र तेस्रो दिन १७ दशमलव ४२ अंकले बढेको थियो । त्यसपछिको दुई कारोबार दिन नेप्से परिसूचक निरन्तर घटेर बन्द भएको छ । चौथो दिन १५ दशमलव ५० अंकले र पाँचौ दिन ५८ दशमलव ९९ अंकले नेप्से परिसूचक घटेर बन्द भएको हो ।

    AGNI GROUP

     यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । गत साताको तुलनामा सेन्सेटिभ इन्डेक्स ११ दशमलव ०६ अंकले घटेको हो । गत साता ५१८ दशमलव ६४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५०७ दशमलव ५८ विन्दुमा बन्द भएको हो । 

    गत साता १८ अर्ब १९ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको ३ करोड ५२ लाख २४ हजार २५७ कित्ता शेयर कारोबार भएको थियो । यो साता भने १७ अर्ब ७२ करोड २१ लख १८ हजार रुपैयाँ बराबरको ३ करोड २९ लाख ३५ हजार २४३ कित्ता शेयर कारोबार भएको हो ।गत साताको तुलनामा यो साता ४७ करोड ६९ लाख २९ हजार रुपैयाँ बराबरको २२ लाख ८९ हजार १४ कित्ता कम शेयर कारोबार भएको हो । बजारका महत्वपूर्ण सूचकहरुमा कमि आउँदा यो साता सूचीकृत कम्पनीहरुको शेयरमूल्य अर्थात कुल बजार पूँजीकरण पनि घटेको छ । गत साता ३८ खर्ब ७० अर्ब २९ करोड ४९ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साता ३७ खर्ब ६९ अर्ब ६३ करोड १७ लाख रुपैयाँ कायम भएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij