
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ बिहीबार (आज) बाँडफाँट भएको छ । सो आइपीओमा गोलाप्रथामार्फत ७९ हजार ४५० जना सर्वसाधारण आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार कुल २५ लाख ८५ हजार २६१ जना लगानीकर्ताले आवेदन दिएकामा २५ लाख ७९ हजार ४०२ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो ।
राष्ट्र उत्थानले फागुन ४ गते ८ गतेसम्म बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५% सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिएका हुन् ।
रिजल्ट हेर्न लिङ्कः
https://iporesult.cdsc.com.np/
https://result.niblcapital.com/
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij