
Jul 07 2025 | २०८२, असार २३ गते
काठमाडौं । पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक पक्राउ परेका छन् । निक्षेपकर्ताहरुको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा उक्त सहकारी सञ्चालक समितिका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डे रहेका छन् ।
निक्षेपकर्ताहरुले बचत गरेको रकम ठगी गरी सहकारीमा ताला लगाएर फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले सुरजलाई काठमाडौं अनामनगर र शिवलाई पकनाजोलबाट पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij