Logo

Jul 06 2025 | २०८२, असार २२ गते

Jul 06 2025 | २०८२, असार २२ गते

एसएसपी उमेशको उर्दीपछि पाटनको पार्किङमा उथलपुथल

एसएसपी उमेशको उर्दीपछि पाटनको पार्किङमा उथलपुथल

  • ललितपुर । ललितपुरमा आजदेखि अव्यवस्थितरुपमा पार्किङ्ग गरेर राखिएका मोटरसाइकल, ट्याक्सीहरुलाई कारबाही गर्न सुरु गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीको निर्देशनमा अभियानकै रुपमा सडकमै अव्यवस्थित रुपमा पार्किङ्ग गरेर राखिएका सवारीहरुलाई कारवाही गर्न सुरु गरिएको हो । 

    images
    images
    images

    आज जावलाखेलबाट कुमारीपाटी, लगनखेल, वटुक भैरव मन्दिर हुँदै पाटन हस्पिटलदेखि महालक्ष्मीथानसम्मको सडकका किनारामा ‘नो पाकिङ’ लेखिएका स्थानमा अव्यवस्थित सवारी साधनका चालकहरुलाई सम्झाएर, केहीलाई कारवाही गरेर अव्यवस्थित सवारी पार्किङ्ग हटाउने अभियान सुरु भयो । आजबाट सुरु गरिएको यस अभियानलाई महानगरीय प्रहरी परिसर जावलाखेल र महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोले अभियानकै रुपमा हरेक दिन निरन्तरता दिने जनाएको छ ।

    images

    सडकमा अव्यस्थित सवारी पार्किङ्ग हुँदा पैदलयात्रीलाई समेत मर्का पर्ने गरेको छ । आजदेखि प्रारम्भ अभियानमा जावलाखेलबाट सातदोबाटोसम्म आईपुग्दा ३७ जना कारवाहीमा परेको ट्राफिक प्रहरी कार्यालय सातदोबाटोका कार्यालय प्रमुख प्रहरी निरीक्षक नरेश शाहीले बताए । अभियानकै क्रममा ७ वटामा सवारी साधनलाई ब्हील लक गरिएको छ । 

    traffic2.jpg

    No description available.

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij