
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । आज साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रति तोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज तेपावी सुनमा पनि तोलामा ४ सय रुपैयाँले घटेर प्रति तोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आइतबारको तुलनामा चाँदी तोलामा ५ रुपैयाँले घटेर १३ सय रुपैयाँमा कारोबार भइरहेको महसंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij