Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

अटेरी सहकारीलाई सहकारी शाखाको अल्टिमेटम

अटेरी सहकारीलाई सहकारी शाखाको अल्टिमेटम

  • ललितपुर/ ललितपुर महानगरपालिकाले अटेरी सहकारीलाई सूचना जारी गरेको छ । महानगरपालिकाको सहकारी ऐन २०७५ को दफा २९ (२) बमोजिम २०७८ पौष मसान्तभित्र साधारणसभा सम्पन्न नगर्ने सहकारीहरुका लागि महानगरले जरिवाना तिरेर चैत महिनाभित्र महानगरपालिकामा वार्षिक विवरण बुझाउन सूचना जारी गरेको छ । महानगरपालिकाले जारी गरेको सूचनाअनुसार फागुन ३ गतेसम्म महानगरपालिकाभित्र सञ्चालित १५४ वटा सहकारी संस्थाहरुले मात्रै वार्षिक विवरण बुझाएका छन् । 

    images
    images
    images

    ललितपुर महानगरपालिकाभित्र दुई भन्दा बढि सहकारी संस्थाहरु सञ्चालनमा रहेका छन् । पछिल्लो समय केही सहकारीहरुले समयमा साधारणसभा नगर्ने, सञ्चालक समितिमा बसेर सदस्यहरुको पैसा मनोमौजी खर्च गर्ने, सञ्चालकहरु सहकारीको पैसा हिनामिना गरेर फरार हुने, सहकारी ऐन विपरीत केही मानिसहरुमा मात्रै सहकारीको पैसा परिचालन गर्ने प्रवृतिका कारण सहकारी क्षेत्रमा समस्या देखा परेको छ। LMC Cooperative Depart.jpg

    images

    सहकारी सदस्यहरुद्धारा नियन्त्रित व्यवसाय हो । यसलाई सदस्यहरुले नै चयन गरेका प्रतिनिधिहरुले व्यवस्थापन गर्छन् । हरेक अर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र प्रत्येक सहकारी साधारणसभा गरिसक्नुपने व्यवस्था सहकारी ऐनमा छ । सहकारी सञ्चालनका लागि चयन भएका सञ्चालकहरुले समयमै साधारणसभा सम्पन्न नगर्दा धेरै जसो सहकारीहरुमा समस्या देखिने गरेको छ ।

    सदस्यहरुलाई थाहै नदिई सहकारीका सञ्चालकहरु पैसा कुम्ल्याएर भाग्न थालेपछि विभिन्न सहकारीका सदस्यहरूले समाजमा चलेका अन्य सहकारीहरु प्रति अविश्वास गर्न खालेका छन् । जसले गर्दा आम जनमानसमा प्रत्यक्ष रूपमा असर पारेकै छ । पछिल्लो पटक कुमारीपाटीस्थित गुडविल सहकारीका सञ्चालकले रकम हिनामिना गरेर भागेपछि त्यस सहकारीका सदस्यहरु ललितपुर प्रहरी परिसरमा उजुरी गर्न पुगे । केही समय अघिमात्रै ललितपुरको जावलाखेलस्थित एक सहकारीका सञ्चालकहरु पनि सम्पर्कविहीन भएको खवर छ। अन्य केही सहकारी संस्थाहरुका सञ्चालकहरु विरुद्ध समेत प्रहरी परिसरमा मुद्दा परेको जानकारी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij