Jun 29 2026 | २०८३, असार १५ गते
काठमाण्डौं/ साताको अन्तिम कारोवार दिन बिहीबार नेप्से परिसूचक करिब २ अंक घटेर बन्द भएको छ। यस दिन नेप्से १.९३ अंक घटेर २७३२.५२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। यस दिन २२७ कम्पनीको ३४ हजार ३४६ पटकको कारोबारमा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रुपैयाँ बराबरको ४० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेका छन् भने बाँकीको सूचक घटेका छन्।
कारोबार रकमका आधारमा यस दिन जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन २२ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरी र नेपाल टेलिकमको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
बिहीबार कारोबारमा आएको तेह्रथुम पावर कम्पनी र युनाइटेड इदि मार्दीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij