Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

एकैदिन १२ सयले बढ्यो सुनको मूल्य

एकैदिन १२ सयले बढ्यो सुनको मूल्य

  • काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपौयाँले बढेको छ ।

    images
    images
    images

    आज मंगलबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपौयाँले बढेर ९६ हजार ७ सय रुपौयाँ पुगेको छ । 

    फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला ९५ हजार ५०० रुपौयाँमा कारोबार भएको सुनको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला ९५ हजार रुपैयाँ तोकिएको थियो । 

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार ३२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७८ डलर आसपास कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij