
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । रुसमा पछिल्लो २४ घण्टामा धेरै कोरोना भाइरस संक्रमित देखिएका बताइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार त्यहाँ शनिबार मात्र दुई लाखभन्दा बढी संक्रमित देखिएका जनाएको छ ।
त्यहाँ पछिल्ला केही दिनहरुमा बढी मात्रामा र अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिने गरेका छन् ।
अहिलेसम्म एक करोड ३९ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ । त्यसैगरी रुसको सरकारले बताए अनुसार त्यहाँ गएको २४ घण्टामा नै कम्तीमा पनि ७२९ जना संक्रमितको निधन भएको छ ।
यो समेतगरी त्यहाँ अहिलेसम्म तीन लाख ३९ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij