Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

यमनमा राष्ट्रसंघका पाँच कर्मचारी अपहरणमा

यमनमा राष्ट्रसंघका पाँच कर्मचारी अपहरणमा

  • काठमाडाैँ । दक्षिणी यमनमा राष्ट्रसंघका पाँच जना कर्मचारी अपहरणमा परेका छन् । फिल्ड मिसन सकेर फर्किने क्रममा उनीहरु अपहरणमा परेको राष्ट्रसंघले जनाएको छ ।

    images
    images
    images

    साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा इरानसँगको गठबन्धन गरेको हुथी समूहविरुद्ध सन् २०१५ देखि लडिरहेको छ । हुथी विद्रोहीले राजधानी सानाबाट सरकार अपदस्थ गरेपछि सन् २०१५ मा गठबन्धनले यमनको गृहयुद्धमा हस्तक्षेप गरेको थियो ।

    द्वन्द्वका कारण दशौँ हजार मानिस मारिएका छन् भने लाखौँ विस्थापित भएका छन्, जसका कारण गम्भीर मानवीय संकट उत्पन्न भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij