• २०७७, मंसिर १०गते
Logo

अन्तिम चरणमा पुग्यो जावलाखेलमा निर्माणाधीन सुन्दर पार्क

प्रमिला घिसिङ

४, मंसिर २०७७
  • 127
    SHARES
  • अन्तिम चरणमा पुग्यो जावलाखेलमा निर्माणाधीन सुन्दर पार्क

    ललितपुर । ललितपुरको जावलाखेलमा रहेको बसपार्कमा सुन्दर पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ । ललितपुर महानगरपालिकाको सहयोगमा उक्त पार्क निर्माण हुन लागेको हो । करिब १ करोड रुपैयाँको लागतमा पार्क निर्माण भइरहेको निर्माण समितिका सचिव उज्वल कर्माचार्यले अनलाइन पत्रिकालाई बताए ।

    असोजको पहिलो सातामा निर्माण शुरु गरिएको पार्क एकमहिनाभित्र सकिने बताइएको छ । पार्क निर्माण पूरा गर्न थप बजेटको आवश्यकता देखिएको छ । निर्माण समितिका अध्यक्ष नविन रिसालले भने, ‘करिब १० लाख बजेट थप भएपछि आकर्षक सुन्दर पार्क बन्नेछ ।’

    ललितपुरलाई सुन्दर बनाउने लक्ष्य बोकेका नगर प्रमुख चिरिबाबु महर्जनपनि यो अभियानप्रति सकारात्मक नै छन् । निर्माण समितिका पदाधिकारीसँग नगर प्रमुख महर्जनले पार्क निर्माणस्थलमा स्थलगत भ्रमण गर्दै भने, ‘आनन्दले बसौं बसौं लाग्ने थलो निर्माण गर्नुहोला । यो अभियानमा मेरोपनि साथ छ ।’  

    प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - १४:२०:०१ बजे

    प्रमिला घिसिङ

    घिसिङ अनलाइन पत्रिकाकी प्रशिक्षार्थी पत्रकार हुनुहुन्छ ।

    सम्बन्धित समाचार