Jun 29 2026 | २०८३, असार १५ गते
काठमाडौं । साईनिङ् स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी सावित पञ्चमान महर्जन पक्राउ परेका छन् । उक्त को–अपरेटिभमा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो आर्थिक लाभ हुने ऋण प्रवाह तथा असुली गर्दा ठगी गरेको आरोपमा दोषी सावित गर्दै १९ असार २०७३ मा लेखा समिति संयोजक महर्जनलाई ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
तर, फरार रहँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २० माघमा स्वयम्भूबाट पक्राउ गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij