
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकभर थप ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ७२२ सहित कूल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।
साथै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय २९ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३ जना कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,७९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij