Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

नेप्सेमा उच्च अङ्कको वृद्धि

नेप्सेमा उच्च अङ्कको वृद्धि

  •  काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले बढेको छ ।

    onlinepatrika
    Arghakhachi

     नेप्से ६९ अङ्कले बढेर दुई हजार ९२६.७४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.८१ अङ्कले बढेर ५४२.६३ मा पुगेको छ ।

    AGNI GROUP

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत उकालो लागेको छ । कूल २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर रु नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ मूल्यमा खरिद बिक्री भए ।

    नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३९.४७, व्यापार ७९.६८, होटल तथा पर्यटन ५५.६५, विकास बैंक १४३.४२, जलविद्युत् ७५.२६, वित्त ५६.६२, निर्जीवन बीमा २६६.२२, उत्पादन ४०६.८२, अन्य ६६.२१, लघुवित्त ११०.४५, जीवन बीमा ३८९.५१, सामूहिक लगानी कोष ०.२५ र लगानी १.९१ अङ्कले उकालो लागेको छ ।

     नेप्सेका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ३४ अर्ब ६० करोड १४ लाख १९ हजार ५८७ बराबर पुगेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij