
Apr 23 2025 | २०८२, वैशाख १० गते
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्ने बताउनुभएको छ ।
यहाँ आज आयोजना गरिएको राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा, एकाइ प्रतिनिधिको सभामा मन्त्री श्रेष्ठले समुदायप्रति सदैव जिम्मेवार बनेर नागरिकको भरोसा बढाउनु सहकारीको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो । सहकारीको सिद्धान्त, उद्देश्य र मर्मअनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकेको र सहकारीप्रति बचतकर्ताको विश्वासमा कमी आएको उहाँको धारणा थियो ।
सहकारीको क्षेत्रमा देखिएका चुनौती र जोखिमलाई न्यूनीकरण गर्दै त्यसप्रति नागरिकको विश्वास र भरोसा बढाएर लगानी गर्न आकर्षित गर्नु सबैको दायित्व भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डको रुपमा लिएको र आर्थिक विकास तथा समृद्धिका लागि यसको भूमिका महत्वपूर्ण हुने हुँदा सहकारीलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij