Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध

राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध

  • बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन  जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालयका कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् । 

    images
    images
    images

     नारायणप्रसाद मौनालीका टोली अवरोधपछिअनुसन्धान नगरी फर्किएको छ  । 

    स्थानीय व्यापारीले अनुसन्धानलाई पूर्ण प्रभाव पार्ने  गरी अवरोध सिर्जना गरेपछि आफूहरु अनुसन्धान नगरी  फर्किन बाध्य भएको कार्यालय सूचना अधिकारी गौरव पन्थीले जानकारी दिनुभयो ।

     राजस्व छली भित्र्याइएको विभिन्न सामान नियन्त्रणमा लिन बाराको सिमरा उपमहानगरपालिका जितपुरबजार स्थित केही  गोदाममा  राजस्व अनुसन्धान कार्यालयको टोली पुगेको थियो  । 

    राजस्वको टोलीले ती सामान नियन्त्रणमा लिन खोजेपछि केही व्यापारीले अवरोध सिर्जना गरी दुई घण्टासम्म सडक अवरुद्ध पारेका थिए । कार्यायका अनुसार जितपुर क्षेत्रको केही स्थानमा राजस्व छली गरी ल्याइएको माल सामान बिक्री वितरण गर्ने गरिएको बताइएको छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij