
Jul 07 2025 | २०८२, असार २३ गते
भक्तपुर। भक्तपुर सूर्यविनायकको एक सहकारीमा चोरी भएको छ । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ८ गणेश मन्दिर नजिकै रहेको अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ९ लाख २९ हजार ३ सय ३१ रुपैयाँ आइतबार राति चोरी भएको हो । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij