Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सडक दुर्घटनामा छ जनाको मृत्यु

सडक दुर्घटनामा छ जनाको मृत्यु

  • काठमाडौँ । दक्षिणपश्चिम नाइजेरियाको ओगुन राज्यमा शनिबार दुईवटा सवारीसाधन एक आपसमा ठोक्किँदा छ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

    images
    images
    images

    गलत तरिकाबाट ओभरटेकिंग र नियन्त्रण गुमाउँदा दुर्घटना भएको ओगुन राज्यको फेडरल रोड सेफ्टी कोर्प्सका कमाण्डर अहमद उमरले राज्यको ओटा सहरमा पत्रकारहरूलाई बताएका हुन् । यस दुर्घटनामा कुल १८ व्यक्ति संलग्न रहेका पनि उनले बताएका छन् । 

    घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको र मृतकको शव पहिचानका लागि सोही अस्पतालमा राखिएको उमरले बताएका छन् । विशेष गरी चाडपर्वको समयमा उच्च सवारी साधन चल्ने समयमा खतरनाक सवारी नचलाउन सवारी चालकलाई चेतावनी दिइएको पनि उले बताएका छन् ।

    नाइजेरियामा प्रायः  घातक सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । ओभरलोडिङ, खराब सडक अवस्था, र चालकले  लापरवाह गरी सवारीसाधन चलाउने नै सडक दुर्घटनाका प्रमुख कारणहरु रहेका अनुसन्धानकर्ताको भनाई रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij