
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ सामान्य घटेको छ ।
हिजो तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेको हो ।
आज सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने घटबढ भएको छैन । हिजो जस्तै आज चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij