Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

रसुवाको चारवटा गाउँपालिकामा मतदाता नामावली संकलन सुरू

रसुवाको चारवटा गाउँपालिकामा मतदाता नामावली संकलन सुरू

  • रसुवा । रसुवाको चारवटा गाउँपालिकामा फोटोसहितको मतदाता नामावली संकलनको कार्य सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रसुवाले दर्ता कर्मचारी खटाई (आज) शुक्रबारदेखि मतदाता नामावली संकलनको कार्य सुरू गरेको हो । 

    images
    images
    images

    जिल्लाको नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा मतदाता नामावली संकलनको कार्य सुरू भएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी विनिता भट्टराईले जानकारी दिइन् ।

    यी दुई गाउँपालिकामा अबको १० दिनसम्म मतदाता नामावली संकलन गरिने भएको छ । त्यसैगरी जिल्लाको उत्तरगया र कालिका गाउँपालिकामा भने २९ मंसिरदेखि मतदाता नामावली संकलनको कार्य सुरु हुने उनले बताइन् । 

    मतदाता नामावली संकलनका लागि दर्ता कर्मचारी, दर्ता स्थल व्यवस्थापक र सहायक दर्ता कर्मचारी र दर्ता स्थल सहयोगि खटाइएको उनले बताइन् । दर्ता कर्मचारीलाइ तालिम दिएर खटाइएको बताइएको छ । 

    त्यसैगरी जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय भएको गोसाइँकुण्ड गाउँपालिकामा भने मतदाता नामावली संकलनको काम अभियान स्वरुप अघि नबढाइने भएको छ ।

    निर्वाचनको मिति घोषणा नभएसम्म जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रसुवामा निरन्तर मतदाता नामावली संकलनको कार्य हुने जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । स्थानिय तथा संघमा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल पनि सकिँदैछ । 

    रसुवामा ४ चैत २०७७  प्रकाशित अन्तिम मतदाता नामावली अनुसार जिल्लामा ३४ हजार आठ सय ५१ जना मतदाता छन् । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij