Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

प्रदेश मन्त्री सिंहले भने : ममाथि नै आक्रमणको प्रयास भएको थियो, तर समाचार एकपक्षीय आयो 

प्रदेश मन्त्री सिंहले भने : ममाथि नै आक्रमणको प्रयास भएको थियो, तर समाचार एकपक्षीय आयो 

  • सर्लाही  ।  प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले एक दैनिक पत्रिकामा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । मन्त्रीको अंगरक्षकको आतंक भन्ने शीर्षकमा आएको समाचारमा आफ्नो आपत्ति रहेको उनले बताएका हुन् ।

    images
    images
    images

    ‘मसँग कुरा नै भएको छैन तर मेरो भनाइ राखिएको छ,’ मन्त्री सिंहले भने, ‘समाचार एकपक्ष छ किनकि त्यहाँ दिएको जानकारी नै गलत छ ।’ उनले आफ्नो अंगरक्षकको नाम रामचन्द्र महतो नरहेकोसमेत प्रस्ट्याए ।

    सर्लाहीको क्षेत्र नम्बर ४ स्थित प्रदेश १ अन्तर्गतको सम्पूर्ण वडामा निर्वाचन भइसकेको समेत मन्त्री सिंहले बताए । ‘मेरो प्रदेशअन्तर्गतका सम्पूर्ण वडामा शान्तिपूर्ण रूपमा निर्वाचन भइसकेको छ । केही असन्तुष्ट पक्ष आफ्नो हारलाई स्वीकार गर्न नसक्दा मलाई विभिन्न आरोप लगाउने र मेरो बदनामी गर्ने कार्यमा जुटेका छन्’, मन्त्री सिंहले भने । उनले आफू छिट्टै प्रदेश क्षेत्र र क्षेत्रको अधिवेशन गर्न प्रयास गरिरहेको बताए ।

    उनले बलरा नगरपालिकामा अधिवेशन हुँदा एक मतदान अधिकृत कुटिएको र अर्का एक मतदान अधिकृत बेपत्ता भएकोसमेत बताए ।

    ‘अधिवेशनमा कठिनाइ भयो भन्ने थाहा पाएपछि कार्यकर्ताको आग्रहमा म त्यहाँ पुगेको हुँ । ममाथि नै आक्रमणको प्रयास भएको थियो । तर, समाचारमा एकपक्षीय रूपमा गलत सूचना सम्प्रेषण गरियो’ मन्त्री सिंहले भने । उनले यसै सातामा क्षेत्रीय अधिवेशन सक्ने तयारीमा आफूहरूरहेको समेत प्रस्ट्याए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij