
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । सौराहामा जारी नेकपा (एमाले)को १० औँ महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरू हुने भएको छ ।
एमाले स्रोतका अनुसार आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी रहेको छ । आज बिहान ११ बजे मतदान सकिएपछि केही बेरअगाडि मात्रै मुचुल्काको काम सकिएको थियो । मतगणना सुरू गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको छ ।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन् ।
मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन् ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन् । अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij