Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

एमाले महाधिवेशन : राति नौ बजेदेखि एक बजेसम्म मतदान 

एमाले महाधिवेशन : राति नौ बजेदेखि एक बजेसम्म मतदान 

  • चितवन  ।  एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान हुने भएको छ । निर्वाचन आयोगको संशोधित कार्यतालिका अनुसार मतदानको कार्यक्रम पुनः पछि धकेलिएको हो । 

    images
    images
    images

    निर्वाचन प्रक्रियासँगै सर्वसहमतिको प्रयास भइरहेका बेला निर्वाचन समितिले निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय निर्धारण गरेको हो । संशोधित कार्यतालिका अनुसार सोमबार अपरान्ह तीन बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ । अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्यका पदमा निर्विरोध हुन सकेको छैन । अधिकांश क्लस्टरबाट निर्वाचित हुनेहरू निर्विरोध निर्वाचित भइसकेका छन् । 

    आवश्यकताभन्दा बढी उम्मेदवारी दर्ता भएका पदमा सहमतिको प्रयास जारी राखिएका कारण निर्वाचन कार्यतालिकामा संशोधन गर्नु परेको निर्वाचन समितिले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij