Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

दाङ कांग्रेसको सभापतिमा शंकर डाँगी 

दाङ कांग्रेसको सभापतिमा शंकर डाँगी 

  • दाङ । नेपाली कांग्रेस दाङको सभापतिमा शंकर डाँगी चयन भएका छन् । शनिवार सम्पन्न पहिलो चरणको निर्वाचनबाट सभापति चयन हुन नसकेपछि आइतबार पुनः मतदान गर्ने भनिएको थियो । तर, सभापतिको उम्मेदवारहरू शंकर डाँगी र भूपबहादुरबीच सहमति भएपछि डाँगीलाई सभापति घोषणा गरिएको हो ।

    images
    images
    images

    शनिवारको निर्वाचनमा डाँगीले सात सय ७६ र अर्का उम्मेदवार भूपबहादुर डाँगीले पाँच सय ४५ मत ल्याएका थिए । यस्तै, सभापतिका अर्का उम्मेदवार जानकीलाल बस्नेतले चार सय ७१ र कमलकिशोर घिमिरेले तीन सय १५ मत पाएका थिए ।

    प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत नपाएपछि सभापतिको लागि आइतबार पुनः निर्वाचन हुने भनिए पनि सहमतिपश्चात् डाँगी सभापति बनेका हुन् । भूपबहादुरले डाँगीलाई सभापतिमा समर्थन गरेपछि उनलाई सभापति घोषणा गरेको निर्वाचन समितिले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij