
May 17 2025 | २०८२, जेठ ३ गते
ललितपुर । नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन शुरु भएको छ । जावलाखेलस्थित स्टाफ कलेजमा उद्घाटन कार्यक्रमसहित जिल्ला अधिवेशन शुरु भएको हो । कांग्रेसका निर्वाचन संयोजक लोक खड्काका अनुसार निर्वाचन भने शनिबार हुनेछ । उनले भने, 'निर्वाचन भने भोली हुनेछ ।'
रामकृष्ण चित्रकार, मीनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठले प्यानल बनाएर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
जितेन्द्र र मीनकृष्ण प्यानलबाट सभापति बाहेकका सबै पदाधिकारीसहितका कार्यसमिति सदस्यहरु संयुक्तरुपमै घोषणा गरिएको भएपनि सभापतिमा अहिलेसम्म दुवैको दावी छ ।
शुक्रबार ३ बजे प्रकाशित अन्तिम नामावली अनुसार उपसभापतिका लागि कर्म व्यञ्जनकार, खोमप्रसाद घिमिरे, गजेन्द्र महर्जन, सुदर्शन घिमिरेको उम्मेदवारी परेको छ ।
सचिव पदमा भने अमिर बज्राचार्य, कृष्णभक्त महर्जन, राजन प्रसाद घिमिरे, वशिष्ट प्रसाद अधिकारी र विष्णुप्रसाद तिमल्सिना उम्मेदवारी परेको छ ।
सहसचिवतर्फ उम्मेदवारहरु अमृतबहादुर महर्जन, ऋषिदेव फुँयाल, गणेश केसी र नविन्द्रदेव सिंह रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij