
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
तीन दिनसम्म चितवनमा चल्ने महाधिवेशनको अध्यक्ष ओलीले पार्टीको झण्डा, चुनाव चिह्न र राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा एमालेले पाँच लाख नेता तथा कार्यकर्ता सहभागी गराउने बताउँदै आएको छ । महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij