
May 17 2025 | २०८२, जेठ ३ गते
इलाम । १५ वर्षदेखि कलाकारिता क्षेत्रमा क्रियाशील रिनाशा, निर्देशक तथा चर्चित कोरियोग्राफरमा अब्वल भूमिका निभाउदै आएकी वान्तवा काँग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् ।
इलाम क्षेत्र नम्बर २ बाट आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् । तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेदवारी परेको थियो । रिनाशाले पाँचौ मत पाइन् । कोटाबाट चन्द्रमाया लिम्बू (६८३), बबिता लिङ्म (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिए । महाधिवेशन प्रतिनिको दौडमा चौथो भएकी सरिता श्रेष्ठले (४२२) र पाँचौ भएकी रिनाशाले (३४३) मत पाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij