ललितपुर
नेपाली कांग्रेस ललितपुर १ क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ विजयी भएका छन् । विजयी थिङले ३ सय ५२ मत ल्याएका छन् । विपक्षी प्यानलबाट मधुराप्रसाद घिमिरे, खोमप्रसाद घिमिरे र खुला तर्फ रञ्जना तिमल्सिना विजयी भएका छन् अने अरु सबै प्रतिनिधि सुन्दरमानको प्यानल विजयी भएको मतदान अधिकृत उद्योग प्रसाद तिमल्सिनाले जानकारी दिए ।
विजयी हुनेमा सचिवमा मधुराप्रसाद शर्मा, शेखर न्यौपाने, सहसचिवमा विजय कुमार लो र मनोहर सिलवाललगायत छन् ।