
May 16 2025 | २०८२, जेठ २ गते
ललितपुर । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी दिनमा आफू र आफ्नो सरकारले विपक्षी दल र सत्तापक्ष दल नभनी सहमतिका आधारमा काम गर्ने बताएका छन् । विश्वासको मत लिने सन्दर्भमा प्रदेशसभाको बैठकमा बोल्दै उनले अहिले कानुनका कारण सत्तापक्ष र विपक्ष देखिएपनि भोलिका दिनमा मिलेर काम गर्ने बताए । मुख्यमन्त्री राईले सरकारले गर्ने हरेक निर्णयमा विपक्षीको सहमति लिन आफू र आफ्नो सरकार तयार रहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij