Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

भारतले पाकिस्तानी विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्‍याे

भारतले पाकिस्तानी विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्‍याे

  • काठमाडौं । भारतले पाकिस्तानी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बीच भारतले आजदेखि आउँदो मे २३ सम्म पाकिस्तानी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

    images
    images
    images

    यस सम्बन्धमा भारतीय विमानस्थल प्राधिकरण (एएआई) ले नोटम जारी गरेको छ । हवाई क्षेत्रमा उडानहरूको सम्बन्धमा नोटम अर्थात् विमानकर्मीलाई सूचना जारी गरिन्छ ।

    अब २३ दिनसम्म पाकिस्तानमा दर्ता भएका, पाकिस्तानी एअरलाइन्स र अपरेटरहरूद्वारा सञ्चालित, स्वामित्वमा रहेका वा भाडामा लिइएका विमानहरूका लागि भारतीय हवाई क्षेत्र उपलब्ध हुने छैन । एक वरिष्ठ सरकारी अधिकारीले यो प्रतिबन्ध पाकिस्तानको सैन्य विमानमा पनि लागू हुने पीटीआईलाई बताएका खबरमा उल्लेख छ ।

    भारत र पाकिस्तानबीच सीधा उडान छैन । पाकिस्तानी एअरलाइन्सहरूले सिङ्गापुर, मलेशिया र अन्य पूर्वी एशियाली देशहरूमा उडानका भारतीय हवाई क्षेत्र प्रयोग गर्छन् ।

    अप्रिल २२ मा पहलगाम आक्रमण भएको एक दिनपछि भारतले पाकिस्तानविरुद्ध धेरै कदम चालेको छ । यसमा सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारीमा रहेको एकमात्र सञ्चालनयोग्य भूमि सीमा नाका बन्द गर्ने र कूटनीतिक सम्बन्धलाई घटाउने समावेश छ ।

    यसको जवाफमा पाकिस्तानले भारतीय विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्दै तेस्रो देशहरूमार्फत भारतसँगको सबै व्यापार निलम्बन गरेको छ । सिन्धु जल सन्धिको बारेमा पाकिस्तानले यदि पानी रोक्ने वा मोड्ने कुनै प्रयास गरियो भने यसलाई युद्धको घोषणा मानिने बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij