ललितपुर । प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा आज पनि आन्दोलन जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरालाई कार्यकक्षमा प्रवेश रोक्ने गरी आन्दोलन भए पनि राणा बैकल्पिक मार्ग प्रयोग गरी नियमित कार्यालय पुगिरहेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले २५ दिनदेखि आन्दोलन गरिरहेको छ ।